ne_1jn_text_ulb/04/01.txt

1 line
1.2 KiB
Plaintext

\c 4 \v 1 प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर । बरु, ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झूटा अगमवक्‍ताहरू संसारमा निस्कि आइसकेका छन् । \v 2 यसैद्वारा तिमीहरूले परमेश्‍वरको आत्मालाई चिन्‍नेछौ—येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरबाटको हो, \v 3 अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरबाटको होइन । यो ख्रीष्‍ट विरोधीको आत्मा हो, जुन तिमीहरूले आउँदैछ भनी सुनेका छौ, र अब त्यो यस संसारमा अगिदेखि नै छ ।