ne_1jn_text_ulb/03/16.txt

1 line
1018 B
Plaintext

\v 16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौं, किनभने ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ । \v 17 तर जससँग संसारका थोकहरू छन्, जसले आफ्नो भाइ खाँचोमा परेको देखेर पनि त्यसबाट आफ्नो दयाको हृदय बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ? \v 18 मेरा बालकहरू हो, हामी वचन र मुखले मात्र प्रेम नगरौं, तर कामले र सत्यताले प्रेम गरौं ।