ne_1jn_text_ulb/02/12.txt

1 line
1.5 KiB
Plaintext

\v 12 बालकहरू हो, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरूका पाप उहाँको नाउँको खातिर क्षमा गरिएका छन् । \v 13 बुबाहरू हो, म तपाईंहरूलाई लेख्दैछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्‍नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरूले दुष्‍टलाई जितेका छौ । बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ । \v 14 बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्‍नुहुन्छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरू दुष्‍टमाथि विजय भएका छौ ।