ne_1jn_text_ulb/02/04.txt

1 line
869 B
Plaintext

\v 4 जसले “म परमेश्‍वरलाई चिन्छु “ भन्‍छ, तर उहाँका आज्ञाहरू पालन गर्दैन भने त्‍यो झूटो हो, र त्‍यसमा सत्‍य हुँदैन । \v 5 तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्यसमा परमेश्‍वरको प्रेम सिद्ध भएको हुन्छ । हामी उहाँमा छौं भन्‍ने हामी यसैद्वारा थाहा पाउँछौंः \v 6 जसले परमेश्‍वरमा रहन्छु भन्छ त्यो आफैं पनि उहाँ हिंड्नु भएझैं हिंड्नुपर्छ ।