ne_1jn_text_ulb/02/01.txt

1 line
1.0 KiB
Plaintext

\c 2 \v 1 बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍दैछु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्‍ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्‍ट हुनुहुन्छ । \v 2 उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो । \v 3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौं कि हामी उहाँलाई चिन्‍छौं ।