Reference ID Tags Quote Occurrence Question Response 1:1 jbuh कुन उद्देश्यको निम्ति परमप्रभुले जाति-जातिहरूका बिचमा आफ्नो संदेशवाहक पठाउनुभयो? एदोमको विरुद्धमा लडाइँ गर्न जाति-जातिहरूलाई खडा गराउन परमप्रभुले जातिहरूका बीचमा संदेशवाहक पठाउनुभयो। 1:3 en3z एदोमीहरूको पापहरू मध्येको एउटा पाप के थियो? एदोमीहरूको हृदयमा घमण्ड थियो र तिनीहरूलाई जमिनमा खसाल्न कसैले सक्दैन भनी विश्वास गरेका थिए । 1:7 j69d एदोमको विरुद्धमा कसले धोका दिनेछ र विजयी हुनेछ? एदोमसँग शान्तिको गठबन्धन गरेका मानिसहरूले धोका दिनेछन् र एदोममाथि विजयी हुनेछन्। 1:10 czzd एदोम किन शर्मले ढाकिनेछ र सदाको निम्ति नष्ट हुनेछ? एदोमले आफ्नो भाइ याकूबको विरुद्धमा गरेको हिंसाको कारणले गर्दा एदोम शर्मले ढाकिनेछ र सदाको निम्ति नष्ट हुनेछ। 1:11 uac1 एदोम याकूबबाट टाढिएको दिनमा के भयो? त्यस दिन, अपरिचितहरू याकूबको मूलढोकाभित्र पसे र त्यसको सम्पत्ति कब्जामा लिए। 1:12 qrkh यहूदाको संकटको दिनमा परमप्रभुले एदोमलाई यहूदाको विषयमा के नगर्न भन्नुभयो? एदोमले तिनीहरूको हेंला गर्नु हुँदैनथ्यो, रमाउनु हुँदैनथ्यो, वा घमण्डसित बोल्नु हुँदैनथ्यो भनी परमप्रभुले भन्नुभयो। 1:13 gyzl यहूदाको विपत्तिको दिनमा परमप्रभुले एदोमलाई यहूदाको विषयमा के नगर्न भन्नुभयो? यहूदाको विपत्तिको दिनमा एदोमले यहूदाका ढोकाहरूबाट भित्र पस्नु हुँदैनथ्यो, रमाउनु हुँदैनथ्यो, वा यहूदाको सम्पत्ति लुट्नुहुँदैनथ्यो भनी परमप्रभुले भन्नुभयो। 1:15 kln2 एदोमको थाप्लोमा के फर्की आउनेछ भनी परमप्रभुले भन्नुभयो? एदोमको बदला एदोमको थाप्लोमा नै फर्कि आउनेछ भनी परमप्रभुले भन्नुभयो । 1:17 jfvi यहूदाको सङ्कटको बाबजुद सियोन पर्वतका कोही-कोहीले के गर्न सक्थे? सियोन पर्वतका कोही-कोही यहूदाको संकटको बाबजुद पनि बाँच्न सक्षम हुनेछन्। 1:18 jrzm एदोमका कति जना मानिसहरू परमप्रभुको न्यायबाट बाँच्नेछन्? परमप्रभुको न्याय पछि एदोममा बाँचेको कोही पनि हुने छैनन्। 1:19 i018 एसावको डाँडालाई कसले अधिकार गर्नेछ? नेगेवका मानिसहरूले एसावको डाँडालाई अधिकार गर्नेछन्। 1:21 wjre एसावको डाँडालाई कहाँबाट न्याय गरिन्छ? एसावको डाँडालाई सियोन पर्वतबाट न्याय गरिनेछ।