ne_gl_ne_obs-tn/content/12/14.md

2.7 KiB

... को लागि

संयोजक शब्दहरू “को लागि”ले चाडको लक्ष्य वा उद्धेश्यलाई सङ्‍केत गर्छन् जुन थियो-परमेश्‍वरले इस्राएलीहरूलाई कसरी छुटकारा दिनुभएको थियो भनेर तिनीहरू र तिनीहरूको सन्तानहरूलाई याद दिलाउन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

परमेश्‍वरले कसरी हराउनुभएको थियो, याद गर

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले कसरी हराउनुभएको थियो भनेर नियमित रूपले एक अर्कालाई याद गराऊ ।” शब्दहरू “याद गर्नु”ले केवल नबिर्सनु भनेर अर्थ दिँदैन; यसले अर्थ सम्झना स्वरूप औपचारिक ढङ्गले चाड मनाउनु भन्‍ने पनि हुन्छ ।

निस्तार चाड

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “निस्तार चाडका क्रियाकलापहरू” वा, “निस्तार चाडको उत्सव” वा, “निस्तार चाडको खाना ।”

स्वस्थ थुमा

यसले यहाँ कुनै रोग नलागेको वा त्यसमा कुनै गडबडि नभएको थुमालाई जनाउँछ । यसलाई बताउने अर्को तरिका यसो हुन सक्ला, “एउटा पूर्ण स्वस्थ र राम्ररी हुर्केको थुमा ।”

खमिर नहाली बनाइएको रोटीसँग

यसलाई बताउने अर्को तरिका यसो हुन सक्ला, “अखमिरे रोटी ।” तपाईंले यसलाई ११:०३ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।