ne_gl_ne_obs-tn/content/29/01.md

4.7 KiB

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

येशूलाई सोध्यो, “प्रभु, मेरो भाइलाई मैले कतिपल्ट क्षमा दिनुपर्छ जब उसले मेरो विरुद्धमा पाप गर्छ ? के सात पल्टसम्म ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूलाई “प्रभु” भनेर पुकार्‍यो र यदि उसको भाइले उसको विरुद्धमा पाप गर्दा बढिमा सात पल्टसम्म क्षमा गर्नुपर्ने हो भनेर सोध्यो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

येशूले भन्‍नुभयो, “सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट !”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले उसलाई सात पल्ट मात्र क्षमा दिने होइन तर सत्तरी गुणा सात पल्टसम्म क्षमा दिनुपर्छ भन्‍नुभयो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

मेरो भाइ

यो शब्दले कतिपल्ट आफ्नै सहोदर दाजुभाइलाई नभएका, तर कसिलो धार्मिक, वा जातीय, र आदि-इत्यादि सम्बन्ध भएका मानिसहरूलाई पनि समेट्थ्यो ।

मेरो विरुद्धमा पाप गर्छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मेरो विरुद्धमा केही नराम्रो गर्छ ।”

सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट !

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिमीले सात पल्ट मात्रै क्षमा दिने होइन, बरु तिमीले सत्तरी गुणा सात पल्ट क्षमा दिनुपर्छ ।” येशूले कुनै ठ्याक्‍क बताउन मिल्ने सङ्‍ख्याको बारेमा कुरा गरिरहनुभएको थिएन । उहाँले भनिरहनुभएको थियो कि हामीले मानिसहरूलाई तिनीहरूले हाम्रो विरुद्धमा पाप गर्दा हरेक पल्ट क्षमा दिनुपर्छ ।

सात पल्ट ... सत्तरी गुणा सात पल्ट

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “७ पल्ट होइन, तर ७० गुणा ७ पल्ट ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

यसद्वारा हामीले सधैँ क्षमा गर्नुपर्छ भनेर येशूले अर्थ दिनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “येशूले बताउन चाहनुभयो कि हामीले हाम्रो विरुद्धमा पाप गर्ने जो कसैलाई पनि सधैँ क्षमा गर्नुपर्छ ।”

यो कथा

यो कथा एउटा दृष्‍टान्तको रूपमा थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)