ne_gl_ne_obs-tn/content/09/14.md

28 lines
3.5 KiB
Markdown

# मानिसहरू
“मेरा मानिसहरू”लाई [०९:१३](09/13) मा हेर्नुहोस् ।
# म हुँ जो म हुँ
यो वर्णनले देखाउँछ कि परमेश्‍वरलाई उहाँ आफैँद्वारा मात्रै परिभाषित गर्न सकिन्छ, र हामीले जानेको कुनै कुराबाट हुँदैन, र उहाँलाई अन्य कसैसँग तुलना गर्न सकिँदैन ।
# तिनीहरूलाई भन्, ‘म हुँ भन्‍नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ ।’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “तिनीहरूलाई भन् कि म हुँ भन्‍नेले तँलाई तिनीहरूकहाँ पठाउनुभएको हो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotesinquotes]])
# म हुँ
यो नाउँले जोड दिन्छ कि परमेश्‍वर मात्रै एक हुनुहुन्छ जो सधैँ जिउनुभएको छ र सधैँ जिउनुहुनेछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])
# तिनीहरूलाई यसो पनि भन् “म यहवे हुँ, तिमीहरूका पूर्खाहरू अब्राहाम, इसहाक, र याकूबका परमेश्‍वर ।”
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “तिनीहरूलाई यसो पनि बताउनु कि म यहवे हुँ, तिमीहरूका पूर्खाहरू अब्राहाम, इसहाक, र याकूबका परमेश्‍वर ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotesinquotes]])
# यहवे
“यहवे” नाउँको अर्थ “उहाँ हुनुहुन्छ” भन्‍ने हुन्छ र यो व्यक्त गर्छ कि परमेश्‍वर उहाँको आफ्नै शक्तिले अस्तित्वमा हुनुहुन्छ-कसैले उहाँलाई बनाएन । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])
# मेरो नाउँ
परमेश्‍वरले मोशा र सारा इस्राएललाई उहाँको लागि प्रयोग गर्न बताउनुभएको नाम “यहवे” हो, जो “म हुँ”सँग सम्बन्धित छ र “उहाँ हुनुहुन्छ” भन्‍ने अर्थ दिएको जस्तो देखिन्छ ।