# एक दिन यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-newevent]]) # एउटा धनी जवान शासक यो मानिस अझै जवानै भएको भएतापनि, ऊ पहिल्यै एक धनी र शक्तिशाली राजनीतिक अधिकारी भइसकेका थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]]) # येशूकहाँ आयो अर्थात, “येशुको छेउमा आयो ।” # उहाँलाई सोध्यो, “असल गुरु, अनन्त जीवन पाउनलाई मैले के गर्नुपर्छ ?” यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “अनन्त जीवन पाउनलाई उसले के गर्नुपर्छ भनेर उहाँलाई सोध्यो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]]) # असल गुरु अर्थात, “धार्मिक शिक्षक ।” उसले येशूलाई केवल सीप हुनुभएको शिक्षक मात्र भनिरहेको थिएन । # अनन्त जीवन पाउनलाई अर्थात, “अनन्त जीवन प्राप्‍त गर्नलाई” वा, “परमेश्‍वरसँगै सदा जिउनलाई ।” साथै “अनन्त जीवनलाई” [२७:०१](27/01) मा कसरी अनुवाद गर्नुभएको थियो, सो ख्याल गर्नुहोस् र त्यसको बारेमा भएको टिप्पणीलाई हेर्नुहोस् । # येशूले उसलाई भन्‍नुभयो, “तिमी मलाई किन ‘असल’ भन्छौ ? त्यहाँ एकजना मात्रै असल हुनुहुन्छ, र त्यो परमेश्‍वर हुनुहुन्छ । तर यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने, परमेश्‍वरका आज्ञाहरूलाई मान ।” यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले उसलाई किन उहाँलाई ‘असल’ भनेको भनेर सोध्‍नुभयो किनभने त्यहाँ एकजना मात्रै असल हुनुहुन्छ, र त्यो परमेश्‍वर हुनुहुन्छ । त्यसपछि उहाँले उसलाई अनन्त जीवन पाउनको लागि परमेश्‍वरका आज्ञाहरू मान्‍नलाई भन्‍नुभयो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]]) # तिमी मलाई किन ‘असल’ भन्छौ ? येशूले उहाँ असल हुनुहुन्छ भनेर नकारिरहनुभएको थिएन । बरु, ती शासकले येशू परमेश्‍वर हुनुहुन्छ भनेर बुझ्छ कि बुझ्दैन भनेर उहाँले सोधिरहनुभएको थियो ।(हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # त्यहाँ एकजना मात्रै असल हुनुहुन्छ, र त्यो परमेश्‍वर हुनुहुन्छ यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “जो साँच्‍चिकै असल हुनुहुन्छ त्यो परमेश्‍वर एकजना मात्रै हुनुहुन्छ” वा, “परमेश्‍वर मात्रै एकजना हुनुहुन्छ जो साँच्‍चिकै असल हुनुहुन्छ ।”