# सुरुवात त्यो भनेको, “सबै थोकहरूको सुरुवात”, परमेश्‍वर बाहेक कुनै पनि चीज अस्तित्वमा आउनु अगाडि । # बनाउनुभयो यहाँ यस शब्‍दको अर्थ यो हो कि परमेश्‍वरले यि कुरालाई शून्यताबाट बनाउनु भयको हो। # ब्रह्‌माण्ड यसले परमेश्‍वरले पृथ्वी र स्वर्गहरूमा बनाउनुभएको सबै कुराहरूलाई समेट्छ, दुवै दृश्‍य र अदृश्‍य कुराहरू । # पृथ्‍वी “पृथ्‍वी” शब्दले मानिसहरू बस्‍ने सारा संसारलाई जनाउँछ । # अँध्यारो त्यो पूर्ण रुपमाअँध्यारो थियो । त्यहाँ कुनै उज्‍यालो थिएन, किनभने परमेश्‍वरले अझै उज्‍यालोलाई बनाउनुभएको थिएन । # रित्तो परमेश्‍वरले अझसम्म पानीले ढाकेको खाली पृथ्वी बाहेक केही बनाउनुभएको थिएन । # उहाँले अझसम्म यसमा केही थोक बनाउनुभएको थिएन त्यहाँ कुनै चिनिने आकारहरू थिएनन्-केवल पानीले सबैकुरालाई ढाकेको मात्रै थियो । # परमेश्‍वरको आत्मा परमेश्‍वरको आत्मा, जसलाई कहिलेकाहीँ पवित्र आत्मा भनिन्छ, आदिमा उपस्थित हुनुहुन्थ्यो, र उहाँले योजना गर्नुभएको सबै थोक बनाउन पृथ्वीमाथि स्वतन्‍त्र रूपमा घुमिरहनुहुन्थ्यो ।