# आराधनाको स्थल अर्थात, “यहूदीहरू परमेश्‍वरको आराधना गर्न भेला हुने भवन ।” यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “आराधनाको भवन ।” # चर्मपत्र चर्मपत्र भनेको कागज वा छालाको लामो पन्‍ना हो जसलाई बेह्रेर राखिन्‍थ्यो र जसमा लेखोटहरू हुन्थ्यो । # यशैया अगमवक्ताका सन्देशहरू भएको चर्मपत्र अर्थात, “यशैया अगमवक्ताकाले लेखेका वचनहरू भएको चर्मपत्र ।” यशैयाले सयौँ वर्ष अगाडि एउटा चर्मपत्रमा लेखेका थिए । यो त्यो चर्मपत्रको प्रतिलिपी थियो । # चर्मपत्रको मुट्‌ठोलाई खोल्नुभयो यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “बेह्रिएको चर्मपत्रको मुट्‌ठोलाई खोल्ने गरेर फैलाउनुभयो” वा, “चर्मपत्रको मुट्‌ठोलाई बेह्रिएकोबाट नबेह्रिएको बनाउनुभयो ।”