# करार भङ्‍ग गरे अर्थात, “परमेश्‍वरले सीनै पर्वतमा तिनीहरूसँगको उहाँको करारमा दिनुभएका आज्ञाहरूलाई अनाज्ञापालन गरे ।” # तिनीहरूलाई पश्‍चात्ताप गर्न र उहाँलाई फेरि आराधना गर्न चेतावनी दिए यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “तिनीहरूलाई पाप गर्न छोड्न र अरू देवताहरूको साटोमा यहवेको आराधना गर्नलाई बताउन, नत्रभए तिनीहरूलाई भयानक कुराहरू हुने थियो ।” # तर तिनीहरूले आज्ञापालन गर्नलाई इन्कार गरे संयोजक शब्द “तर”ले मानिसहरूले परमेश्‍वरको आज्ञापालन गर्न इन्कार गरिरहेको कुरालाई परमेश्‍वरले तिनीहरूलाई पश्‍चात्ताप गर्न र उहाँको आराधना गर्नलाई चेतावनी दिन अगमवक्ताहरू पठाइरहनुभएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])