# त्यसकारण तिनीहरूले इस्राएलीहरूलाई पछ्याए संयोजक शब्द “त्यसकारण”ले परिणाम-मिश्रीहरूले इस्राएलीहरूलाई समुद्रमा पछ्याए, यो कुरालाई त्यसको कारणसँग जोड्छ, जुन थियो-परमेश्‍वरले बादललाई हटाउनुभयो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]]) # समूद्र बीचबाट भएको बाटो यो समुद्रको पिँधमा वारपार भएको ओभानो जमिनको पाटो हो, जसको दुवैतर्फ पानीको पर्खाल थियो । # तर परमेश्‍वरले संयोजक शब्द “तर”ले परमेश्‍वरले बाटो खोलिदिनुभएर इस्राएलीहरूलाई अगाडि बढाउनुभएको कुरा र परमेश्‍वरले मिश्रीहरूलाई आतंकित बनाउनुभएको र तिनीहरूको रथहरू अड्काइदिनुभएर तिनीहरूलाई अगाडि बढ्न नदिनुभएको कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]]) # आतंकित हुनु यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “डरले भरिनु र अलमल्ल हुनु ।” # अड्किनु रथहरू अगाडि बढ्न सकेनन् । # भागौँ ! यो दुवै आज्ञा र विस्मय पनि हो । मिश्रीहरूले तिनीहरू भयानक खतरामा थिए भनेर जानेपछि धेरै डराए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-imperative]], [[rc://*/ta/man/translate/figs-exclamations]]) # परमेश्‍वर इस्राएलीहरूको लागि लड्दै हुनुहुन्छ ! यो उद्‌गारले मिश्रीहरूको डरलाई जोड दिन्छ जब तिनीहरूले चाल पाए कि परमेश्‍वरले तिनीहरूलाई समद्रमा पासोमा पर्नलाई डोहोर्‍याउनुभएको थियो, र तिनीहरू डुब्‍न लागेका थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclamations]])