ne_gl_ne_obs-tn/content/28/02.md

12 lines
2.3 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# मैले कुन-कुनको पालना गर्न जरुरी छ ? उसले सोध्यो
अर्थात, “अनन्त जीवन प्राप्‍त गर्नलाई कुन आज्ञाहरू मेरो लागि पर्याप्‍त हुनेछ ?” यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “उसले उहाँलाई कुन आज्ञाहरूलाई मान्‍न जरुरी छ भनेर सोध्यो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
# येशूले जवाफ दिनुभयो, “हत्या नगर । ... र तिम्रो छिमेकीलाई तिमीले आफैँलाई प्रेम गरे झैँ प्रेम गर ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले जवाफ दिएर भन्‍नुभयो कि उसले हत्या गर्नुहुँदैनथ्यो, व्यभिचार गर्नुहुँदैनथ्यो, वा चोर्नुहुँदैनथ्यो, वा झूट बोल्नुहुँदैनथ्यो, र उसको बाबुआमाको सम्मान गर्नुपर्थ्यो, र उसको छिमेकीलाई उसले आफूलाई प्रेम गरे झैँ प्रेम गर्नुपर्थ्यो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
# जसरी तिमीले आफैँलाई प्रेम गर्छौ
अर्थात, “जति तिमीले आफैँलाई प्रेम गर्छौ” वा, “जुन हदसम्म तिमीले आफैँलाई प्रेम गर्छौ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])