ne_gl_ne_obs-tn/content/05/10.md

24 lines
3.5 KiB
Markdown
Raw Normal View History

# त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “किनभने तैँले मलाई सबैथोक दिन चाहेका हुनाले, तेरो एक मात्र पुत्र पनि, म तलाई आशिष् दिने प्रतिज्ञा गर्छु।  तेरा सन्तान आकाशका ताराहरु भन्‍दा पनि धेरै हुने छन्। किनकि तैँले मेरो आज्ञा पालन गरीस्, म संसारका सबै परिवारहरूलाई तेरो परिवारद्वारा आशिष् दिनेछु ।”
2020-07-24 17:14:45 +00:00
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो कि अब्राहामले परमेश्‍वरलाई सबैथोक, र उनको एकमात्र छोरो पनि दिन राजी भएकाले, उहाँले उनीलाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो । उनका सन्तानहरू आकाशका ताराहरू भन्दा बढि हुनेछन् । किनभने अब्राहामले उहाँको आज्ञा मानेका थिए, परमेश्‍वरले संसारका सबै परिवारहरूलाई अब्राहामको परिवारद्वारा आशिष् दिनुहुने थियो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
# तेरो एउटै छोरो
[०५:०८](05/08) मा भएको व्याख्या हेर्नुहोस।
# आकाशका ताराहरू
[०४:०८](04/08) मा भएको व्याख्या हेर्नुहोस् ।
# संसारका सबै परिवारहरू
यहाँ, “परिवारहरू”ले बाबुआमा र छोराछोरीको एक-एक समूहलाई भन्दा, पृथ्वीमा भएका मानिसहरूका प्रस्ट देखिने अझ ठूला समूहहरूलाई जनाउँछ ।
# तेरो परिवार
यहाँ, “परिवार”ले धेरै सन्तानहरूलाई जनाउँछ जुन अब्राहामले पाउने थिए । संसारका भावी पुस्ताहरू अब्राहामको सन्तानहरूद्वारा आशिषित् हुने थिए । सबैभन्दा ठूलो आशिष् धेरै पुस्ताहरू पछि परमेश्‍वरको चुनिएको सेवक, मसिहद्वारा आउने थियो ।
# ... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।