ne_gl_ne_obs-tn/content/10/01.md

40 lines
4.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# हठी
यसको अर्थ फारोले परमेश्‍वरको आज्ञा मान्‍न इन्कार गर्ने थिए भन्‍ने हुन्छ । तपाईंले यो थप्‍न पनि चाहन सक्नुहुन्छ, “हठी र सुन्‍न(वा आज्ञा मान्‍न) इन्कार गर्ने ।”
# फारोलाई
यसो भन्‍नु बढि प्रस्ट हुनसक्छ, “फारोसँग कुरा गर्न उनको दरबारमा ।”
# इस्राएलका परमेश्‍वरले यसो भन्‍नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान दे !
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “इस्राएलका परमेश्‍वरले उहाँका मानिसहरूलाई जान दिन भन्‍नुहुन्छ !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotesinquotes]])
# इस्राएलका परमेश्‍वर
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वर, जसले इस्राएलीहरूलाई उहाँका मानिसहरू हुनलाई चुन्‍नुभयो” वा “परमेश्‍वर, जसले इस्राएलका मानिसहरूमाथि राज गर्नुहुन्छ” वा, “परमेश्‍वर, जसलाई इस्राएलका मानिसहरूले आराधना गर्छन् ।”
# मेरा मानिसहरूलाई जान दे !
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “मेरा मानिसहरूलाई स्‍वतन्‍त्र भएर जान दे !” वा, “मेरा मानिसहरूलाई मिश्र छोडेर जान स्वतन्‍त्र गर् !”
# मेरा मानिसहरू
[०९:१३](09/13) मा “मेरा मानिसहरू”लाई हेर्नुहोस् ।
# तर फारोले सुनेनन्
संयोजक शब्द “तर”ले मोशा र हारूनले परमेश्‍वरले फारोलाई जे गर्न भन्‍नुभयो भनेर बताए, जुन थियो-उहाँका मानिसहरूलाई जान दे, यस कुरालाई उनले गरेको कुरासँग जोड्छ, जुन थियो-उनले तिनीहरूलाई सुनेनन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
# ... लाई सुनेनन्
यसलाई “मान्‍नु” वा “आज्ञापालन गर्नु” भनेर अनुवाद गर्न सकिन्थ्यो ।
# इस्राएलीहरूलाई स्वतन्‍त्र भएर जान दिनको साटोमा
संयोजक शब्द “साटोमा”ले मोशा र हारूनले फारोलाई गर्न भनेको कुरा, जुन थियो-परमेश्‍वरलाई ध्यान दे र उहाँका मानिसहरू जान दे, यो कुरालाई फारोले गरेको कुरासँग जोड्छ, जुन थियो-तिनीहरूलाई झन् कडा काम गर्न लगाओ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
# उनले तिनीहरूलाई झन् कडा काम गर्न कर लगाए !
यो कडा भनाई हो जसमा बताइएको छ कि फारोले इस्राएलीहरूलाई स्वतन्‍त्र नगर्ने मात्र होइन, तर उनले तिनीहरूको जीवनलाई झन् परिश्रमपूर्ण बनाए ! (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclamations]])