RepoConversions_ne_obs-tn/content/14/14.md

2.3 KiB

इस्राएलीहरू उजाडस्थानमा चालीस वर्षसम्म डुलिसके पछि

यसले नयाँ घटनाको सुरुवात गर्छ । यो इस्राएलले डुलेर बस्नुपर्ने परमेश्‍वरको न्यायको समय देखि तिनीहरूका सन्तानहरूका लागि अगाडि के राखिएको छ भन्‍ने कुरामा सर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

जसले परमेश्‍वरको विरुद्धमा विद्रोह गरेका थिए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “जसले परमेश्‍वरको आज्ञापालन गर्न इन्कार गरेका थिए जब उहाँले तिनीहरूलाई प्रतिज्ञाको भूमिमा जानलाई भन्‍नुभयो ।”

मानिसहरू

त्यो भनेको, मरेर गएको पुस्ताको छोराछोरीहरू ।

त्यसकारण परमेश्‍वरले चुन्‍नुभयो

संयोजक शब्द “त्यसकारण”ले मोशा वृद्ध उमेरको हुनुको कारणलाई परमेश्‍वरले इस्राएललाई डोहोर्‍याउन अरू कसैलाई चुन्‍ने परिणामसँग जोड्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

एक दिन

यसको अर्थ हो, “भविष्‍यमा कुनै समय ।”

मोशा जस्तै अर्को अगमवक्ता

मोशा जस्तै, यो मानिस एक इस्राएली हुने थिए, उनले मानिसहरूलाई परमेश्‍वरको वचन बताउने थिए, र उनले मानिसहरूलाई डोहोर्‍याउने थिए ।