RepoConversions_ne_obs-tn/content/14/12.md

3.2 KiB

परमेश्‍वरले तिनीहरूलाई पिउनको लागि चमत्कारी ढङ्गले चट्टानबाट पानी आउने पनि बनाउनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले मात्र गर्न सक्नुहुने केही कुरा गरेर, उहाँले पानीलाई एउटा चट्टानबाट बग्‍ने बनाउनुभयो ताकि मानिसहरू र पशुहरूले पिउन सकून् ।

तर यी सबका बाबजुद

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तर परमेश्‍वरले खानेकुरा, पानी, कपडा, र तिनीहरूलाई खाँचो पर्ने सबैथोक जुटाउनु भएतापनि ।” संयोजक शब्द “तर”ले सूचीकृत भएका परमेश्‍वरका धेरै उपहारहरू र परमेश्‍वर र उहाँको दास मोशाको विरुद्धमा इस्राएलको गनगनको बीचमा भएको भिन्‍नातालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

त्यसो भएतापनि

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएलीहरूले उहाँको विरूद्धमा गुनासो गर्ने र गनगन गरे तापनि ।” संयोजक शब्द “भएतापनि”ले इस्राएलको गनगन र परमेश्‍वरको विश्‍वासयोग्यताको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

परमेश्‍वर अझै पनि विश्‍वासयोग्य हुनुहुन्थ्यो । उहाँले गर्नुभयो ... र याकूब

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले अब्राहाम, इसहाक, र याकूबलाई उहाँले गर्नेछु भन्‍नुभएको कुरा गरिरहनुभयो ।” उहाँले तिनीहरूका सन्तानहरूलाई तिनीहरूलाई खाँचो परेका कुराहरू जुटाइदिनुभयो ताकि तिनीहरू जिउन सकून् र एउटा महान् जाति बन्‍न सकून् र अन्ततः कनानको भूमिलाई आफ्नो बनाउन सकून् ।”