RepoConversions_ne_obs-tn/content/14/11.md

2.7 KiB

परमेश्‍वरले तिनीहरूका लागि जुटाउनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले तिनीहरूलाई खाना, पानी र वासको लागि चाहिने सबैथोक तिनीहरूलाई दिनुभयो ।”

स्वर्गबाट आएको रोटी जसलाई “मन्‍न” भनिन्थ्यो ।

यो पातलो, रोटि जस्तै हुने खानेकुरा आकाशबाट रातभरी शीत झैँ घाँसमा झर्थ्यो । तिनीहरूले त्यसलाई “मन्‍न” भने । प्राय हरेक दिन मानिसहरूले यो “मन्‍न”लाई जम्मा गरे र तिनीहरूका खानाको रूपमा पकाए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

उहाँले तिनीहरूलाई बट्टाईको हुल पनि पठाइदिनुभयो (जुन मध्यम आकारका चराहरू हुन्)

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “उहाँले ठूलो सङ्ख्यामा बट्टाई चराहरूलाई तिनीहरूका छाउनीमा उडेर आउने पनि तुल्याउनुभयो ।” यदि बट्टाई चराहरू भनेको चिनिँदैन भने, कुनै उस्तै खालको फरक चराको प्रयोग गर्न सकिन्छ । अथवा यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “मध्यम आकारका चराहरूको ठूलो सङ्ख्या ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

तिनीहरूको छाउनी

जुन ठाउँमा इस्राएलीहरूले सुत्‍नको लागि तिनीहरूका पालहरू टाँगेका थिए त्यसलाई “छाउनी” भनिन्थ्यो । यो भवनहरूको सट्टा पालहरूको सहर जस्तो थियो, र यसलाई यताउता सार्न सकिन्थ्यो ।