RepoConversions_ne_obs-tn/content/14/09.md

3.9 KiB

जब मानिसहरूले परमेश्‍वरले यसो भन्‍नुभएको सुने

संयोजक शब्द “जब”ले कार्य वा कारणलाई परिणामसँग जोड्छ । परमेश्‍वरको न्याय सुनेको फलस्वरूप तिनीहरूले पाप गरेकामा मानिसहरू क्षमाप्रार्थी थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

तिनीहरूले पाप गरेका थिए

यो थप्न आवश्‍यक हुन सक्छ, “कनानका मानिसहरूलाई जित्‍नु भनेर भनेको परमेश्‍वरको आज्ञालाई नमानेर तिनीहरूले पाप गरेका थिए ।”

त्यसैले तिनीहरूले निर्णय गरे

संयोजक शब्द “जब”ले कार्य वा कारणलाई परिणामसँग जोड्छ । तिनीहरूले पाप गरेकामा क्षमाप्रार्थी भएको फलस्वरूप, इस्राएलका मानिसहरूले कनानका मानिसहरूलाई आक्रमण गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

मोशाले तिनीहरूलाई नजान चेतावनी दिए

यसको अर्थ हो कि मोशाले तिनीहरूलाई कनानीहरूका विरूद्धमा लड्न न‍जान भने किनकि तिनीहरूले त्यसो गरे भने ठूलो खतरामा हुने थिए ।

किनकि परमेश्‍वर तिनीहरूसँग जानुभएन

संयोजक शब्द “किनकि”ले मोशाले तिनीहरूलाई चेतावनी दिने कार्यलाई परमेश्‍वर तिनीहरूसँग नजानुको कारणसँग जोड्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

परमेश्‍वर तिनीहरूसँग जानुहुने थिएन

अरू शब्दहरूमा भन्‍नुपर्दा, परमेश्‍वर तिनीहरूलाई सहायता गर्न तिनीहरूसँग हुनुहुने थिएन । इस्राएलीहरूको अनाज्ञापालनको कारण, परमेश्‍वरले उहाँको उपस्थिति, सुरक्षा, र शक्तिबाट तिनीहरूलाई हटाउनुभयो ।

तर तिनीहरूले उनको कुरा सुनेनन्

तिनीहरूले मोशालाई मानेनन् । जेसुकै भएपनि तिनीहरू कनानीहरूलाई आक्रमण गर्न गए । संयोजक शब्द “तर”ले असाधारण सम्बन्धलाई सङ्‌केत गर्छ । यसले इस्राएलीहरूले सुन्‍न इन्कार गर्ने कुरालाई मोशाले तिनीहरूलाई चेतावनी दिएको कार्यसँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)