RepoConversions_ne_obs-tn/content/14/04.md

2.5 KiB

सिमाना

दुई देशहरूलाई छुट्टाउने एउटा रेखा, एउटा सीमा (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

इस्राएलको जाति

यसले याकूबको हरेक छोराहरूको सन्तानहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

जाओ र जासुसी गर

इस्राएलीहरू तिनीहरूले डेरा बनाएर बसेको ठाउँबाट कनानको भूमिमा जानुपर्थ्यो र कनान देशमा जासुसी गर्नुपर्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

त्यो देशमा जासुसी गर्नु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “देशको बारेमा गोप्य ढङ्गले जानकारी लिनु” वा, “गोप्य ढङ्गले देशको बारेमा जान्‍नु ।” जासूसहरूको कामको एउटा भाग चाहिँ जमिनले कस्ता किसिमका अन्‍नहरू उब्जाउन सक्थ्यो भनेर पत्ता लगाउनु थियो ।

कनानीहरूमाथि जासुसी गर्नु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कनानका मानिसहरूका बारेमा गोप्य ढङ्गले जानकारी लिनु” वा, “कनानीहरूका बारेमा गोप्य ढङ्गले जान्‍नु ।”

तिनीहरू बलिया थिए कि कमजोर थिए भनेर हेर्नु

कनानीहरू तिनीहरूसँग लड्न तयार थिए कि भनेर तिनीहरू जान्‍न चाहन्थे । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कनानी सेनाहरू कति शक्तिशाली थिए भनेर पत्ता लगाउनु ।”