RepoConversions_ne_obs-tn/content/04/06.md

2.1 KiB

परमेश्‍वरले भन्‍नुभयो, “तेरो वरिपरि सबैतिर हेर् । म यो सारा भूमि तँलाई दिनेछु, र तेरा सन्तानहरूले सधैँ यसलाई कब्जा गर्नेछन् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले उनलाई वरिपरि सबैतिर हर्न भन्‍नुभयो, किनभने परमेश्‍वरले उनलाई यो सारा भूमि दिनुहुने थियो, र उनका सन्तानहरूले सधैँ यसलाई कब्जा गर्ने थिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

यो सारा भूमि

यदि अब्राम कुनै पर्वतमा उभिरहेका थिए भने, उनले एउटा धेरै विशाल क्षेत्रलाई देख्‍न सक्‍नेथिए । थुप्रै अवसरहरूमा परमेश्‍वरले कनानको सारा भूमि अब्राम र उनका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभयो ।

तेरा सन्तानहरूले सधैँ यसलाई कब्जा गर्नेछन्

परमेश्‍वरले त्यो भूमि अब्राम र उनका सन्तानहरूलाई पनि दिने प्रतिज्ञा गर्नुभयो ।

त्यसपछि अब्रामले त्यस भूमिमा बसोबास गरे

अब्राम तिनीहरू सबैको साथै त्यहाँ बसे जो उनीसँग त्यहाँ गएका थिए ।