2.1 KiB
2.1 KiB
तिनीहरूको भाषा परिवर्तन गरिदिनुभयो
एकै झमटमा, परमेश्वरले तिनीहरूलाई बोल्नको लागि विभिन्न भाषाहरू दिनुभयो ताकि एक्कासी तिनीहरूले अब एक-अर्कालाई बुझ्न सकेनन् ।
थुप्रै विभिन्न भाषाहरू
एउटै भाषा बोल्ने मानिसहरूको एउटा ठूलो समूहको साटोमा, त्यहाँ अब मानिसहरूको धेरै साना-साना समूहहरू थिए जसले आ-आफ्नै छुट्टै भाषा बोल्थ्यो ।
मानिसहरूलाई फिँजाइदिनुभयो
जब परमेश्वरले तिनीहरूको भाषा परिवर्तन गरिदिनुभयो, उहाँले मानिसहरूका यी समूहहरूलाई पृथ्वीमा छरिँदै जाने तुल्याउनुभयो र हरेक समूह त्यसको आफ्नै क्षेत्रमा सर्यो ।
बाबेल
यो सहर मध्यपूर्वको वरिपरि कतै थियो भन्ने भन्दा हामीलाई यस सहरको स्थान ठ्याक्कै थाहा छैन ।
अलमलिएको
यसले मानिसहरू किन अलमलिएका थिए भनेर जनाउँछ वा, “मिसमास भएका थिए” भनेर जनाउँछ जब परमेश्वरले तिनीहरूको भाषा परिवर्तन गरिदिनुभएपछि तिनीहरूले फेरि एक-अर्कालाई बुझ्न सकेनन् ।