# जो दुष्‍टका हुन् यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जसले दुष्‍टको आज्ञापालन गर्छन्” वा, “जो दुष्‍टद्वारा शासित हुन्छन् ।” यसले तिनीहरूलाई जनाउँछ जसले येशूमा विश्‍वास गर्दैनन् तर शैतानका दुष्‍ट मार्गहरूलाई पछ्याउँछन् । # ती मानिसहरू जो धर्मी छन् यसले मसिहका मानिसहरूलाई जनाउँछ । [५०:०८](50/08) मा हेर्नुहोस् । # सूर्य झैँ चम्कनु यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सूर्य झैँ ज्योतिर्मय हुनु” वा, “सूर्यले उज्यालो प्रकाशलाई देखाए झैँ शुद्ध भलाइलाई देखाउनु ।”