ne_mrk_text_ulb/15/45.txt

1 line
959 B
Plaintext

\v 45 पिलातसले येशू मर्नुभएको कुरा कप्‍तानबाट थाहा पाएपछि तिनले योसेफलाई लास दिए । \v 46 योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रूसबाट तल झारे, उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले एउटा ढुङ्गालाई गुडाएर चिहानको मुख छोपे । \v 47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।