ne_mrk_text_ulb/15/39.txt

1 line
915 B
Plaintext

\v 39 येशू यसरी मर्नुभएको देखेर उहाँको सामु उभिएको कप्तानले भने, "साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए!" \v 40 त्यहाँ टाढाबाटै हेर्ने स्‍‍त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा) र सलोमी थिए । \v 41 उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्‍‍त्रीहरू पनि उहाँसँग यरूशलेम आए ।