ne_mrk_text_ulb/15/36.txt

1 line
746 B
Plaintext

\v 36 कोही दौडेर गयो, एउटा स्पन्जमा सिर्का हाल्यो, त्यसलाई निगालोको लट्ठीमा राख्यो, अनि उहाँलाई त्यो पिउन दियो । त्यो मानिसले भन्यो, “हेरौं, त्यसलाई तल झार्न एलिया आउँछन् कि ।” \v 37 तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो । \v 38 अनि मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो ।