ne_mrk_text_ulb/15/31.txt

1 line
794 B
Plaintext

\v 31 त्यसै गरी मुख्य पूजाहारीहरूले शास्‍‍त्रीहरूसँग मिलेर एक-आपसमा उहाँको गिल्‍ला गर्दै थिए, र भने “यसले अरूहरूलाई त बचायो, तर आफैंलाई बचाउन सक्दैन । \v 32 इस्राएलका राजा, ख्रीष्‍ट अब क्रूसबाट तल ओर्लेर आओस्, ताकि हामीले देखौं र विश्‍वास गरौं ।” अनि उहाँसँगै क्रूसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे ।