ne_mrk_text_ulb/15/14.txt

1 line
808 B
Plaintext

\v 14 पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस् ।” \v 15 पिलातसले भीडलाई सन्तुष्‍ट पार्न चाहे, त्यसैले तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र त्यसपछि उहाँलाई क्रूसमा टाँग्‍नको निम्ति सुम्पिदिए ।