ne_mrk_text_ulb/15/01.txt

1 line
993 B
Plaintext

\v 1 बिहान सबेरै मुख्य पूजाहारीहरूले धर्म-गुरुहरू, शास्‍‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍लाई एकसाथ भेटे । अनि तिनीहरूले येशूलाई बाँधे र उहाँलाई लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए । \v 2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले तिनलाई जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।” \v 3 मुख्य पूजाहारीहरूले उहाँलाई धेरै कुराहरूको दोष लगाइरहेका थिए ।