ne_mrk_text_ulb/14/53.txt

1 line
705 B
Plaintext

\v 53 तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे । त्यहाँ उहाँसँग मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्‍‍त्रीहरू सबै भेला भएका थिए । \v 54 अब पत्रुसले चाहिं टाढैबाट उहाँलाई प्रधान पूजाहारीको घरको आँगनसम्म पछ्याए, र तिनी पहरेदारहरूमाझ बसे, जसले न्यानो हुन आगो ताप्दै थिए ।