ne_mrk_text_ulb/14/43.txt

1 line
1.2 KiB
Plaintext

\v 43 उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पूजाहारीहरू, शास्‍‍त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो । \v 44 अब उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई यसो भनेर एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, तिनी त्यही हुन् । तिनलाई समात र सुरक्षा घेरामा लैजाओ ।” \v 45 जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी,” र त्यसले उहाँलाई चुम्बन गर्‍यो । \v 46 त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र उहाँलाई पक्रे ।