ne_mrk_text_ulb/14/22.txt

1 line
1.3 KiB
Plaintext

\v 22 जसै उहाँहरू खाँदै हुनुहुन्थ्यो, येशूले रोटी लिनुभयो, त्यसलाई आशिष्‌‌ दिनुभयो, र त्यो भाँच्‍नुभयो । उहाँले त्यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।” \v 23 उहाँले कचौरा लिनुभयो, धन्यवाद दिनुभयो, र त्यो तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए । \v 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ । \v 25 साँच्‍चै म तिमीहरूलाई भन्दछु, म यो दाखको फलबाट फेरि त्यस दिनसम्‍म पिउनेछैनँ, जबसम्म म परमेश्‍वरको राज्यमा त्यसलाई नयाँ गरी पिउँदिनँ ।"