ne_mrk_text_ulb/14/12.txt

1 line
1.4 KiB
Plaintext

\v 12 अखमिरी रोटीको चाडको पहिलो दिन तिनीहरूले निस्तार-चाडको थुमा चढाउँदा उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तार-चाडको भोज खान सक्‍नुभएको होस्?” \v 13 उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्‍ने मानिसले तिमीहरूलाई भेट्नेछ । त्यसलाई पछ्याओ । \v 14 जुन घरभित्र त्यो पस्छ, त्यसलाई भित्र पछ्‍याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, 'मेरो पाहुना कोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?'”