ne_mrk_text_ulb/14/06.txt

1 line
1.2 KiB
Plaintext

\v 6 तर येशूले भन्‍नुभयो, “त्यसलाई छोडिदेओ । तिमीहरूले त्यसलाई किन दुःख दिइरहेका छौ? त्यसले मेरो निम्ति राम्रो कुरा गरेकी छे । \v 7 गरिबहरू तिमीहरूसँग सधैं हुन्छन्, र तिमीहरूले जहिले चाहन्छौ तिनीहरूको निम्ति असल गर्न सक्छौ, तर म त तिमीहरूसित सधैं हुनेछैन । \v 8 त्यसले जे गर्न सक्थी त्‍यही गरी । त्यसले मेरो शरीर दफनको निम्ति अभिषेक गरेकी छे । \v 9 साँच्‍चै म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ-त्यहाँ यस स्‍‍त्रीले गरेको काम त्यसको सम्झनामा बताइनेछ ।