ne_mrk_text_ulb/13/24.txt

1 line
1.1 KiB
Plaintext

\v 24 तर ती दिनको महासङ्कष्‍टपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन \v 25 ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गमा भएका शक्‍तिहरू हल्लिनेछन् । \v 26 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्‍ति र महिमामा आउँदै गरेको देख्‍नेछन् । \v 27 तब उनले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उनले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउसम्म आफ्‍ना चुनिएकाहरूलाई एकै ठाउँमा जम्मा गर्नेछन् ।