ne_mrk_text_ulb/13/21.txt

1 line
852 B
Plaintext

\v 21 यदि कसैले तिमीहरूलाई, 'हेर ख्रीष्‍ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ!' भन्यो भने विश्‍वास नगर । \v 22 किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्‍ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोका दिन चिन्हहरू र आश्‍चर्यकर्महरू गर्नेछन् । \v 23 सचेत रहो! मैले तिमीहरूलाई अगिबाटै यी सबै कुराहरू बताइदिएको छु ।