ne_mrk_text_ulb/13/17.txt

1 line
984 B
Plaintext

\v 17 तर हाय, ती दिनहरूमा गर्भवतीहरू र दूध खुवाउनेहरू! \v 18 यो हिउँदमा नपरोस् भनी प्रार्थना गर । \v 19 किनकि ती महासङ्कष्‍टका दिनहरू हुनेछन्, यस्तो त परमेश्‍वरले सृजनु भएको सृष्‍टिको सुरुदेखि अहिलेसम्म भएको छैन, न त कहिल्यै हुनेछ । \v 20 परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्‍ने थिएन । तर ती चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्‍नुभयो, उहाँले दिनहरू घटाइदिनुभयो ।