ne_mrk_text_ulb/13/11.txt

1 line
1.2 KiB
Plaintext

\v 11 जब तिनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तब तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनकि त्यो समय तिमीहरूले के बोल्‍नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ । \v 12 भाइले भाइलाई मृत्युको लागि सुम्पिनेछ, र बुबाले छोरोलाई । छोराछोरीहरू आफ्‍ना बुबाआमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन् । \v 13 मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म स्‍थिर रहन्छ, त्यो बचाइनेछ ।