ne_mrk_text_ulb/07/24.txt

1 line
1.2 KiB
Plaintext

\v 24 उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्‍ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्‍न सक्‍नुभएन । \v 25 तर तुरुन्तै एउटा स्‍‍त्रीले उहाँको बारेमा सुनी र त्यहाँ आई जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । त्यो आई उहाँको पाउमा घोप्‍टो परी । \v 26 त्यो स्‍‍त्री एक ग्रीक र सिरियाको फोनिकेमा जन्मेकी थिई । त्यसले आफ्नी छोरीबाट भूत निकालिदिन उहाँसँग बिन्ती गरी ।