ne_mrk_text_ulb/07/20.txt

1 line
915 B
Plaintext

\v 20 उहाँले भन्‍नुभयो, “व्यक्तिको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ । \v 21 किनकि मानिसको भित्रबाट अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या, \v 22 व्यभिचार, लोभ, दुष्‍टता, धोका, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् । \v 23 यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै व्यक्तिलाई अशुद्ध पार्छन् ।”