1 line
837 B
Plaintext
1 line
837 B
Plaintext
\v 20 तब उहाँ घर जानुभयो, र फेरि धेरै भीड जम्मा भयो । त्यसकारण उहाँले खानसम्म पनि पाउनु भएन । \v 21 जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग ठाँउमा छैन ।” \v 22 यरूशलेमबाट आएका शास्त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ ।” |