\v 3 येशूले हात सुकेको मानिसलाई भन्नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।” \v 4 तब उहाँले मानिसहरूलाई भन्नुभयो, “विश्रामको दिनमा असल गर्नु कि हानि गर्नु, जीवन बचाउनु कि मार्नु, कुन चाहिं उचित हुन्छ?” तर तिनीहरू चूप थिए ।