ne_mrk_text_ulb/02/18.txt

1 line
878 B
Plaintext

\v 18 अब यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?” \v 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दुलहा जन्तीको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्‍छन् र? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्‍न सक्दैनन् ।