ne_mrk_text_ulb/02/15.txt

1 line
965 B
Plaintext

\v 15 जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै कर उठाउनेहरू र पापीहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्‍याए । \v 16 जब शास्‍‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशूलाई पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहनुभएको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?”