ne_mrk_text_ulb/01/32.txt

1 line
766 B
Plaintext

\v 32 त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले बिरामी भएका र भूत लागेका सबैलाई उहाँकहाँ ल्याए । \v 33 सारा सहर नै त्यो घरको ढोकामा भेला भयो । \v 34 उहाँले विभिन्‍न प्रकारका बिमारी भएका रोगीहरूलाई निको पार्नुभयो र धेरै भूतहरू निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।