1 line
1.1 KiB
Plaintext
1 line
1.1 KiB
Plaintext
\v 23 त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो यसो भन्दै चिच्च्यायो, \v 24 “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ ।” \v 25 येशूले भूतलाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!” \v 26 अनि अशुद्ध आत्माले त्यसलाई पछार्यो, र ठुलो स्वरमा चिच्च्याउँदै त्यसबाट निस्कियो । |