ne_mrk_text_ulb/01/04.txt

1 line
943 B
Plaintext

\v 4 यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिंदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए । \v 5 यहूदियाको पूरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए । \v 6 यूहन्‍नाले ऊँटको रौंबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्‍थे र तिनले सलहहरू र वन मह खान्थे ।