ne_mat_text_ulb/09/03.txt

1 line
1.2 KiB
Plaintext

\v 3 हेर, त्यहाँका केही शास्‍‍त्रीहरूले तिनीहरूका माझमा यसो भने, “यो मानिसले परमेश्‍वरको निन्दा गरिरहेको छ ।” \v 4 येशूले तिनीहरूको विचार थाहा पाउनुभयो र भन्‍नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्‍ट विचार गरिरहेका छौ? \v 5 कुन कुराचाहिं भन्‍न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन्', भन्‍न कि 'उठ र हिँड' भन्‍न? \v 6 तर मानिसका पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।”